३३ केजी सुन तस्करी प्रकरणः एसएसपी खत्रीविरुद्ध सर्वोच्चमा रिट दायर

३३ केजी सुन तस्करी प्रकरणः एसएसपी खत्रीविरुद्ध सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलमा बरामद भएको ३३ केजी सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्रीसहित दूई जना विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।  उच्च सरकारी वकिल कार्यालयले ०७३ पुस २० मा भएको ३३ केजी सुन तस्करीमा संलग्न आरोपी एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकृष्ण श्रेष्ठ  विरुद्ध  सर्वोच्चमा रिट दायर गरेको हो ।

 

 

 

उच्च अदालत पाटनले खत्री र श्रेष्ठलाई छाड्न आदेश दिएपछि उच्च सरकारी वकिल कार्यालयले अदालतको बन्दोबस्तीको १७ नम्बर महलबाट उनीहरूविरुद्ध रिट दायर भएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिए ।

 

 

 

एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटी मागेको थियो । तर, उच्च अदालतले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो ।

 

 

 

त्यस्तै, काठमाडौँ जिल्ला अदालतले भन्सारका कर्मचारी श्यामकृष्ण श्रेष्ठलाई थुनामा राख्न आदेश दिएकोमा उच्च अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

 

एसएसपी खत्रीलाई काठमाडाौ जिल्ला अदालतले धरौटी तोकेकोमा उक्त आदेश बदर गर्दै सामान्य तारेखमा छोड्ने आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले तस्करीका आरोपीलाई सामान्य तारेखमा छोड्न आदेश दिएको थियो ।

 

विमानस्थलमा खटिएका एसएसपी श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले ४ चैत मा दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

 

 

एसएसपी खत्रीसहित धरौटीमा छुट्नेहरूमा राजेश शाक्य, वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही १ लाख रुपयाँ धरौटीमा छाडिएको थियो । काठमाडौँ जिल्ला अदालतले छाडेपछि सुन तस्करीमा मुख्य भूमिका रहेको भन्दै थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने निवेदन परेको थियो ।

 

 

काठमाडौं जिल्ला अदालतले सुन तस्करीमा संलग्न भएकाहरूलाई छोड्न थालेपछि सरकारी वकिलले उच्च आदलत पाटनमा १६ चैत्रमा निवेदन दिएका थिए ।

 

फरार रहेर अदालतमा हाजिर भएर धरौटी तिरेर छुट्नेहरूमा रवि भन्ने राजेश बोगटीलाई २२ जेठमा काठमाडौँ जिल्ला अदालतले १ लाख ५० हजार धरौटीमा छोडेको थियो । त्यस्तै, मल्लिका बज्राचार्य शाक्यलाई २९ जेठमा साधरण तारेखमा छोडेको थियो ।

 

राजेन्द्रकुमार शाक्यलाई २३ जेठमा १ लाख ५० हजार र गीता श्रेष्ठलाई ३० जेठमा १ लाख रुपयाँ धरौटीमा छोडेको छ । धरौटी तिरेर मुक्त हुने सबै सुन पसले हुन् । आजको नयां पत्रिका दैनिकमा समाचार छ ।