कर्णाली प्रदेशका मुख्यमन्त्री केन्द्रिय सरकार गुहादै, भने ‘कर्मचारी र बजेट देऊ’

कर्णाली प्रदेशका मुख्यमन्त्री केन्द्रिय सरकार गुहादै, भने ‘कर्मचारी र बजेट देऊ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको भन्दै कर्मचारी र बजेट माग गरेका हुन् ।

“प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय हो, यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष कर्मचारीको चरम अभाव छ, सरकारले कर्मचारी पठाइदिए सहज हुने थियो ।” उनले भने ।

गरिबीले पिल्सिएको प्रदेश भए पनि अवसर र सम्भावना धेरै बोकेको कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने, आगामी वर्ष पर्यटन वर्ष घोषणा गर्दै प्रदेशको विकासमा गुरुयोजनासहित अगाडि बढेर विकासमा नमूना प्रदेश बनाउने लक्ष्य रहेको पनि उनले बताए ।