काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गतबर्षको नाफाबाट प्रतिशेयर १७ रूपैयां ५० पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । संचालक समितिको कार्तीक २४ मा बसेको बैठकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संचालक समितिले घोषणा गरेको लाभांश वितरण राष्ट्र बैंक र बैंकको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र हुनेछ । यसअघि बैंकले १०० प्रतिशन बोनश शेयर वितरण गरेको थियो
।
त्यस्तै बैंकले ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । हाल बैंकको शेयर मुल्य ६९० रुपैयां रहेको छ ।
प्रतिक्रिया