तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार

तीन स्टार्टअप कम्पनीलाई उद्योग मन्त्रालयको पुरस्कार


काठमाण्डु- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई पुरस्कृत गरेको छ । औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान र्पुयाएको भन्दै मन्त्रालयले तीन स्टार्टअप कम्पनीका संञ्चालकलाई बिहीबार पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा झापा बिर्तामोड-२ को हाई हिमालय अर्गानिक प्रालिका संञ्चालक प्रदीप घिमिरे, ललितपुर महानगरपालिका-२४ को माउन्टेन बी कन्सर्न प्रालिका संञ्चालक सरिता भट्टराई श्रेष्ठ र रुपन्देही देवदह-१० को आवास फर्निचर इन्डस्ट्रिज प्रालिका संञ्चालक यज्ञेश्वर प्रसाद श्रेष्ठ छन् ।

उनीहरुलाई पुरस्कृत गरेपछि उद्योगमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएकाले उद्यमीलाई पुरस्कृत गरेको बताए ।

नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गरेपछि मन्त्री भण्डारीले भने, ‘आज हाम्रो मन्त्रालयको तर्फबाट औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोगबाट देशमा आफूलाई चिनाउनु हुने उद्यमीलाई बधाई तथा शुभकामना दिन चाहान्छु । तपाईँहरुको कामप्रति हौँसला बढाउनको लागि आज सानो भए पनि सम्मान गरिएको छ ।’

त्यस्तै उनले सरकारले नवप्रवर्तन, उद्यमसिलता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन् ।

‘आज हामीले देखिरहेका छौँ मुलुकमा एउटा निराशा बढेको छ । सम्भावना अन्त्यै देखिरहेका छौँ । विकसित मुलुकतर्फ सम्भावना त्यतै हो भनेर हामी दौडिरहेका छौँ । तर, सम्भावना त हाम्रै वरिपरि जिवित छन् । ती सम्भावनाको खोजी गर्ने, त्यसमा तत्परता देखाउने आज प्रदीप जी एउटा नमुना बन्नु भएको छ । यो मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा सरकारले नवप्रवर्तनसिलताको एउटा अभ्यास सुरु गरेको थियो । अन्य मुलुकमा पनि यी प्रयासहरु सफल रुपमा अगाडि बढेका छन् । त्यहि भएर २०७५/७६ मा हामीले संञ्चालन गर्दा राम्रैसँग सञ्चालन गरेका थियौँ । यतिखेर यो मन्त्रालयको तर्फबाट हामीले स्टार्टअप कार्यक्रम संचालन गरेका छौँ । थोरै बजेट २५ करोडमा हामीले १७३ जना उद्यमीसिलतामा आफूलाई सामेल गरेका व्यक्तिहरुलाई छनोट गरेका छौँ । यसले थोरै भएपनि केही आशा जगाएको छ । आगामि आर्थिक वर्षको बजेटमा सरकारले त्यसका लागि एक अर्वको बजेट फण्डा तयार पारेको छ । सरकारले नवप्रवर्तन, उद्यमसिलता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।’, मन्त्री भण्डारी भने ।