प्रदेश ७ : मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

प्रदेश ७ : मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– प्रदेश नम्बर ७ को मन्त्रिपरिषद बैठकले डोटीको वोगटान गाउँपालिकाको नाम हेरफेर गरी ‘बोेगटान फुडसिल’ गाउँपालिका कायम गर्न नेपाल सरकार समक्ष सिफारिश गरी पठाउने निर्णय गरेको छ ।

स्थानीय जनताको माग र गाउँ सभा बैठकले गगरेको निर्णय र सिफरिस बमोजिम यस्तो निर्णय गरिएको हो।

यस्तै कैलाली जिल्लाको कैलारी गाउँपालिकाको वडा नं. ४ को नवलपुर गाउँलाई वडा नं. १ मा समावेश गर्न, डोटीको आर्दश गाउँपालिकाको वडा नं. ४ को पातलगाउँलाई वडा नं. ५ मा समावेश गर्न तथा भागेश्वर गाउँपालिका डडेल्धुराको वडा नं. ४ को गुवाडी टप्वामा केन्द्र सार्न नेपाल सरकार समक्षसिफारिस गरि पठाउने निर्णय समेत बैठकले गरेको छ ।

स्थानीय तहको माग र सिफरिस बमोजिम नै नाम र केन्द्र हेरफर गरी कायम गर्न सिफरिस गरिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए।

बैठकले “विपद् व्यवस्थापन तथा राहत कोष विधेयक, २०७५” को मस्यौदा तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने,“प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निणर््ाय गरेको छ ।

यस्तै,मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने,सुशासन सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शाहले जानकारी दिए।

यसैबीच, बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टबाट ठाडो प्रस्तावको रुपमा प्रस्तुत मातहत सवै मन्त्रालय÷सचिवालय÷ कार्यालयले आ–आफ्नो निकायको संगठन संरचना र कर्मचारी दरवन्दी एकीन गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने” –सम्वन्धमा मातहत सवै निकायलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।