३६ अंकले ओरालो लाग्यो शेयर बजार

३६ अंकले ओरालो लाग्यो शेयर बजार


काठमाण्डु – शेयर बजार आज पनि ओरालो लागेको छ । यो साताको अन्तिम दिन शेयर बजार ३६.८३ अंकले घटेर बजार २७४९.५७ को बिन्दुमा बन्द भएको छ । यो साता एक दिन बाहेक बजार लगातार घटेको छ ।

बिहिवार घटेको बजारमा भने कुथेली बुखारी स्मल हाइड्रोपावरमा भने सक्रिट लागेको छ । १२ अर्ब २४ करोड कारोबार भएको बजारमा सबैभन्दा बढी गुडविल फाइनान्स,अपि हाइड्रोपावर र हिमालय रिइन्स्योरेन्सको सबैभन्दा बढी शेयर किनबेच भएको छ ।

शेयर बजारका विज्ञहरुले यसलाई करेक्सनको रुपमा लिनुपर्ने बताएका छन् । शेयर बजारमा करेक्सन आएपछि त्यसले बजारलाई स्थायित्व दिने उनिहरुको दावी छ ।