नृत्य प्रशिक्षण केन्द्रका संचालक ठगीको आरोपमा पक्राउ

नृत्य प्रशिक्षण केन्द्रका संचालक ठगीको आरोपमा पक्राउ


काठमाडौँ – नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले विभिन्न प्रभोलन देखाई करिव ३ लाख ५० हजार ठगि गरेको आरोपमा काठमाडौँ धुम्बाराही–४ घर भएका विक्रम अछामीलाई पक्राउ गरेको छ । अछामीले भि एड भाइस डान्स एकेडेमि नामको नृत्य प्रशिक्षण केन्द्र खोली डान्स एड डान्स नामक टेलिभिजन रियाल्टी शोको नाममा दुई चरणमा करिव सातसय जनालाई ठगि गरेको महाशाखाले जनाएको छ ।

एसएमएस भोटिङको आधारमा विजयी छान्ने व्यबस्था गरिएको भन्दै पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा प्रथम हुनेलाई २ लाख ५ हजार र दोस्रो र तेस्रोलाई क्रमिक रुपमा ५० हजार र १८ हजार नगर पुस्कार दिने र विभिन्न ठाँउमा जागिर लगाईदिने भनेको र हालसम्म कुनैपनि विजेतालाई पुस्कार रकम नदिएको पिडित पक्षले दिएको निवेदनमा आरोप लगाइएको छ ।

अनुसन्धाका क्रममा उनले पिडितहरुसँग प्रथम गराईदिन्छु भन्दै एसएमएस भोटिङ बढाउने बाहानामा लाखौ रकम असुल गरेको, सिजन तिनको लागि अडिसन लिने भनी काठमाडौँका विभिन्न्न बिद्यालयहरुमा फारम वितरण गरी बिद्यर्थाीको अभिभावकसँग पैसा असुल गरेको र कार्याक्रम चलाउनका लागि पार्टनसिप गर्ने भन्दै विभिन्न व्यक्तीसँग बिसौ लाख पैसा उठाएको लगायतको आरोप पिडितहरु लगाएका छन् ।

उनलाई थप कारर्वाही तथा अनुसन्धानका लागि महाशाखामा पठाईएको प्रहरीले बताएको छ । उनलाई मुलुकी ऐन ठगीको महल अनुसार ठगी लिएको विगो कायम भएमा हक पुग्नेलाई विगो वमोजीम र विगो कायम नभएमा ५ हजारसम्म र ५ बर्षसम्म कैद हुने कानुनी व्यबस्था रहेको छ ।