‘स्त्री–२’ काे कमाई ४०० करोड नाघ्याे, ताेड्याे गदर–२ र एनिमलकाे रेकर्ड

‘स्त्री–२’ काे कमाई ४०० करोड नाघ्याे, ताेड्याे गदर–२ र एनिमलकाे रेकर्ड


काठमाण्डु– श्रद्धा कपूर स्टारर बलिउड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । 

रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबारसम्ममा ४०१ करोड ६५ लाख कमाई गरेको छ ।  

फिल्मले रिलिजको पहिलो दिन विहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो । फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो । फिल्मले शुक्रबार ३५.३० करोड, शनिबार ४५ करोड ७० लाख, आइतबार ५८ करोड २० लाख, सोमबार ३८ करोड ९० लाख, मंगलबार २६ करोड ८० लाख, बुधबार २० करोड ४० लाख र विहीबार १८ करोड २० लाख कमाएको थियो ।

त्यस्तै शुक्रबार १९ करोड ३० लाख, शनिबार ३३ करोड ८० लाख र आइतबार ४० करोड ७५ लाख कमाई गरेको छ । 

स्त्री–२ रिलिजको दोस्रो सातामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । स्त्री–२ ले रिलिजको दोस्रो सातामा अहिलेसम्मकै धेरै ९३ करोड ८५ लाख कमाई गरेको छ । यस अघि फिल्म गदर–२ ले रिलिजको दोस्रो सातामा ९० करोड ४७ लाख कमाई गरेको थियो भने फिल्म एनिमलले ८७ करोड ५६ लाख कमाई गरेको थियो ।  

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री–२ मा श्रद्धाका अलावा , राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।