यी १६ क्याम्पसमा अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित

यी १६ क्याम्पसमा अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा देशभरका १६ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पनि देशभरका १९ क्याम्पसको सभापतिमा निर्विरोध निर्वाचित भइसकेको छ ।

त्रिविका देशभरका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

यसपटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ ।

अनेरास्ववियु निर्विरोध निर्वाचित क्याम्पसहरू

माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला ।

शिक्षा क्याम्पस बैतडी, अकबर चन्द

संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी

तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार

नवप्रभात क्याम्पस बैतडी, सपना चन्द

रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला

मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन

बझाङमा सेती क्याम्पस, दिपेन्द्र दौल्याल

दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला

मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री

दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विष्ट

दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली, ओमकार पाल

बैतडीको नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द

संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चेतन भण्डारी

देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने

चितवनको आद्र्श बहुमुखी कलेज, अनुज न्यौपाने