नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर प्रदान गर्ने स्टडी ग्रुपका सीईओ क्राइटनको घोषणा

नेपाली विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक अवसर प्रदान गर्ने स्टडी ग्रुपका सीईओ क्राइटनको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बेलायतको लण्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीद्वारा लन्डनमा आधारित क्याम्पस स्थापना गर्ने सम्झौतापछि स्टडी ग्रुपका सीईओ इयान क्राइटनले नेपाल भ्रमण गरेका छन् । क्राइटनको भ्रमणले लन्डनमा नेपाली विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू विस्तार गर्ने स्टडी ग्रुपको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ ।

युनिभर्सिटी अफ हडर्सफिल्ड आफ्नो विस्तृत पाठ्यक्रम र विद्यार्थीहरूलाई प्रदान गरिने उच्चस्तरीय सहयोगका लागि प्रसिद्ध छ । स्टडी ग्रुप नेपालका विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा, सहयोग, मार्गदर्शन र अन्य अन्तर्राष्ट्रिय स्रोतहरू उपलब्ध गराउन तयार छ । जसले तिनीहरूलाई विश्वव्यापी शिक्षा हासिल गर्न सहयोग गर्नेछ । नयाँ अवसरहरूमा व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, कम्प्युटिङ, मार्केटिङ जस्ता मास्टर कार्यक्रमहरू समावेश छन् । यसका साथै विद्यार्थीहरूको शैक्षिक लक्ष्य हासिल गर्न असाधारण परामर्श र निर्देशन पनि प्रदान गरिनेछ ।

क्राइटेनको भ्रमणका अवसरमा लन्डनको शैक्षिक केन्द्रमा विकास भइरहेको युनिभर्सिटी अफ हडर्सफिल्डको नयाँ क्याम्पसबारे छलफल गरिएको थियो । यो क्याम्पस एक नवीनतम सम्पत्ति विकास परियोजनाको केन्द्रमा अवस्थित हुनेछ जसका कारण विद्यार्थीहरूले उत्कृष्ट वातावरणमा आफ्नो अन्तर्राष्ट्रिय अध्ययन गर्न सक्नेछन् ।

यस महत्त्वपूर्ण साझेदारीबारे आफ्नो विचार साझा गर्दै सीईओ क्राइटनले विद्यार्थीहरूको अध्ययन अनुभवी प्राध्यापक र आफ्ना क्षेत्रका विज्ञहरूद्वारा सञ्चालित हुने जानकारी दिए ।

विद्यार्थीहरूलाई रोजगारमुखी वातावरणमा सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्दै उनले विद्यार्थीरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सहयोग गर्ने बताए ।साथै सही विद्यार्थीहरूले सही पाठ्यक्रम र सही विश्वविद्यालय चयन गर्नु नै उनीहरूको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

क्राइटनले भने, ‘अन्तर्राष्ट्रिय शिक्षाले विद्यार्थीहरूको जीवनमा पार्ने रूपान्तरणकारी प्रभावले स्टडी ग्रुपलाई निरन्तर प्रेरित गरिरहेको छ । नेपालका विद्यार्थीहरू असाधारण प्रतिभा र दृढ संकल्पसहित अन्तर्राष्ट्रिय शिक्षामा योगदान दिइरहेका छन् भन्ने विषयले म उत्साहित छु । युनिभर्सिटी अफ हडर्सफिल्ड, लन्डनले विश्वस्तरीय ब्रिटिश शिक्षाको ढोका खोल्दैछ जसले शैक्षिक उत्कृष्टतालाई व्यावहारिक उद्योगसँग जोड्छ, जुन विद्यार्थीहरूको व्यावसायिक सफलताका लागि अति महत्त्वपूर्ण छ ।’