नेता नेम्वाङले भने,’ बेपत्ता योद्धाको सपना नेकपाले पूरा गर्छ’

नेता नेम्वाङले भने,’ बेपत्ता योद्धाको सपना नेकपाले पूरा गर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले शहीद तथा बेपत्ता य‍ोद्धाको सपना भर्खरै एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्ने बताएका छन्।

 पूर्वमाओवादीको कार्यालयमा साेमबार आयोजित बेपत्ता योद्धा स्मृति दिवसमा नेकपाका नेता नेम्वाङले सो धारणा राखेका हुन्।

पहिलोपटक पेरिसडाँडा पुगेका नेम्वाङले मुलुकको परिवर्तनका लागि आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने योद्धाहरुको उच्च सम्मान गरे।  उनले भने,-“बेपत्ता योद्धाले देखेको सपना अब नेकपाले पूरा गर्छ।’

नेम्वाङले बेपत्ता योद्धाहरुको समस्या स्थायी रुपमा नै समाधान गर्न सरकार लागिरहेको बताए। नेता नेम्वाङले वाम एकतावाट सहिद वेपत्ता परिवार अझ खुसी हुनुपर्ने बताए।

उनले भने, ‘देशको मुहार फेर्न कम्युनिस्टको स्थायी सरकार वनोस् भन्ने सहिद तथा वेपत्ता योद्धाको सपना पूरा हुँदै गएको छ।’

 दुई छोरा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत गुमाएका भीमबहादुर बस्नेतले तत्कालीन राज्यले बेपत्ता बनाएका १ हजार ९८ जनालाई अविलम्ब सार्वजनिक गर्न माग गरे।

पूर्वमाओवादीले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मृति दिवस मान्दै आएको थियोे। २०५६ साल जेठ ७ गते तत्कालीन माओवादी नेता दण्डपाणि न्यौपाने,मिलन नेपाली,नवीन गौतम र कमला शर्मालाई सरकारले वेपत्ता वनाएको दिन हो।