इलाम पुगेर नेता नेम्वाङले भने ‘एमाले र माओवादी एकतामा कुनै समस्या छैन’

इलाम पुगेर नेता नेम्वाङले भने ‘एमाले र माओवादी एकतामा कुनै समस्या छैन’


इलाम- पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् । गृह जिल्ला इलाम आइपुगेका नेम्वाङले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र अब झ्याप्पै पार्टी एकता हुने दाबी गरेका हुन् ।

‘एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ उनले भने, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । छिट्टै दुई पार्टी एकता हुन्छ ।’ नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे ।

दुई पार्टीको एकतालाई निर्वाचनमार्फत मतदाताले अनुमोदन गरिसकेकाले पनि एकताको विकल्प नभएको उनको भनाइ छ । ‘एकता नभए जनतालाई दिने उत्तर हामीसँग छैन,’ नेम्वाङले भने, ‘त्यसैले एकता नहुने प्रश्नै छैन ।’