काठमाडौं विश्वविद्यालयका वैज्ञानिक डा‍. झाको अन्तर्राष्ट्रिय र्‍यांकिङमा फड्को

काठमाडौं विश्वविद्यालयका वैज्ञानिक डा‍. झाको अन्तर्राष्ट्रिय र्‍यांकिङमा फड्को


काठमाण्डु– काठमाडौं विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक डा.सुदन झाले  ‘एडी साइंटिफिक इन्डेक्स २०२५’ मा उच्च स्थान प्राप्त गरेका छन्।

डा. झा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूको बीचमा पाँचौं स्थानमा छन् भने नेपालभरका १ हजार ६९७ वैज्ञानिकहरुमध्ये तेस्रो स्थानमा पर्न सफल भएका छन्।

उनले आफ्नो (इन्डेक्स, १०(इन्डेक्स, र उद्धरण (साइटेशन)जस्ता सूचकांकहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। एशियाका ६ लाख ८६ हजार भन्दा बढी वैज्ञानिकहरूको सूचीमा उनको ३४ हजार ५७१औं स्थान रहेको छ भने विश्वभरका २४ लाख वैज्ञानिकहरूमा १ लाख ७३ हजार ९९०औं स्थानमा रहेका छन्।

इन्जिनियरिङ तथा टेक्नोलोजी क्षेत्रमा नेपालमा डा. झा पहिलो स्थानमा छन् भने कम्प्युटर विज्ञानमा दोस्रो स्थानमा रहेका छन्।