काठमाण्डु–दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।राष्ट्रसंघीय मिसनको आठौँ डफ्फाका १५० जना शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
सेनानी सन्तोष चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा सोही मिसनमा रहेका समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरुको टोली आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कीसकेको छ ।
दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १ हजार ७ सय ५६ जना शान्ति सैनिक कार्यरत छन् ।
प्रतिक्रिया