शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

अध्यक्ष चौधरीलाई लक्ष्य गरी बिहीबार राति साढे ११ बजे गोली प्रहार भएको हो ।

चौधरीको निवासमा उनलाई नै लक्षित गरेर गएराति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो । गोली भित्तामा लागेको छ भने घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।