काठमाण्डु– सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को मृत्यु भएको छ । पीएसओ तथा नेपाल प्रहरीका सइ योगेन्द्रबहादुर बोहोराको सामेबार स्कुटी दुर्घटनामा परी मृत्यु भएको हो ।
सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक सु. प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय सई बोहरा गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिए ।
प्रतिक्रिया