सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको विरोध, कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

सुदूरपश्चिम प्रदेश सभामा विपक्षीको विरोध, कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलले विरोध गरेका छन् ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्य आ–आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

सभामुख भीमबहादुर भण्डारीको अनुमति लिएर प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीले सरकारले अनावश्यक खर्च बढाएको भन्दै विरोध गरे । शाहीले प्रदेश नीति तथा योजना आयोगमा ३ जना सदस्य नियुक्त गर्नुपर्ने ठाउँमा कानून संशोधन गरेर ५ जना नियुक्त गर्ने कार्य गरिएको भन्दै विरोध जनाए ।

प्रतिपक्षी दलका सदस्यले विरोध कायमै राखेपछि सभामुख भण्डारीले प्रतिपक्षी दलका सदस्यबाट सदन अवरुद्ध हुँदा कारबाही अघि बढ्न नसकेकाले मंगलबारको कार्यसूची हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराएका छन् ।

मंगलबारको बैठकमा केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको थियो ।