चिनीमा यूरिया मिसाएको पुष्टि, व्यवसायीविरुद्ध मुद्दा

चिनीमा यूरिया मिसाएको पुष्टि, व्यवसायीविरुद्ध मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा एक व्यवसायीले चिनीमा यूरिया मिसिएको पुष्टि भएको छ।

चिनीमा यूरिया मिसाएको रहस्य खुलेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।

रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्धा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट २ लाख धरौटी माग गरिएको प्रशासनले जनाएको छ।

एक ग्राहकले गएको चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले त्यसै दिन राति ९ बजे पाण्डे भेराइटिजको पसल तथा गोदामलाई सिलबन्दी गरेको थियो ।