कांग्रेसको आगामी महाधिवेशनमा सुजाता कोइरालाले शेखरलाई समर्थन गर्ने

कांग्रेसको आगामी महाधिवेशनमा सुजाता कोइरालाले शेखरलाई समर्थन गर्ने


काठमाण्डु – नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति पदमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा नेत्री सुजाता कोइरालाले गरेकी छन् ।

शुक्रबार काठमाण्डुमा आयोजना गरिएको कार्यक्रममा नेत्री कोइरालाले १५औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने बताएकी छन् ।

उनले भनिन्, ‘हामी एकजुट हुनैपर्छ । हाम्रो बुवा र हजुरबुवाहरूले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ ।’

२०७८ मंसिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका थिए । कांग्रेसको १५औं महाधिवेशन २ वर्षपछि हुँदैछ ।