तेहरान – इरानको कुर्दस फोर्सका प्रमुख जनरल कासिम सुलेमानी बगदाद इन्टरनेशनल एयरपोर्टबाट बाहिर निक्लदै गर्दा अमेरिकी हवाई आक्रमणमा मारिएका छन् ।
यस विषयमा अमेरिकी रक्षा विभागले एक बयान जारी गरेको छ, “अमेरिकी राष्ट्रपतिको निर्देशमा विशेमा रहेका अमेरिकी सैन्यकर्मीको रक्षाका लागि कासिम सुलेमानीलाई मार्ने कद म उठाइएको हो । अमेरिकाले उनलाई आतंकवादी घोषित गरेको थियो ।”
कुर्दस फोर्स इरानी इश्लामिक रिभोलुशनरी गार्डको एक शाखा हो । जसले देश बाहिरका अभियान सञ्चालन गर्दै आएको थियो । यसका प्रमुख मेजर जनरल कासिम सुलेमानी प्रत्यक्ष रुपमा देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनर्यप्रति जवाफदेही थि ए । उनलाई खामेनीको अत्यन्त नजिक मानिदै आएको थियो र भविष्यको नेताको रुपमा पनि हेरिदै आएको थिया ।
इरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनीले जनरल कासिम सुलेमानीको हत्याको अमेरिकासँग बदला लिने बताइसकेका छन् । उत अमेरिकी राष्ट्रपति ट्रम्पले सुलेमानीको पहिलेनै हत्या गरिसक्नु पर्ने बताएका छन् ।
इजरायलले पनि अमेरिकी कदमको स्वागत गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन्,“अमेरिका आफ्नो आत्मरक्षाको अधिकार राख्छ ।” तर अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टिटिभकी अध्यक्ष नेन्सी पेलोसीले अमेरिकी हमलाले हिंसामा वृद्धि हुने बताएकि छन् । अखबार जंगका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी हमलापछि क्षेत्रमा अवस्था खराब हुने बताएका छन् ।
प्रतिक्रिया