सुमनराज प्याकुरेल एमाले राष्ट्रियसभा संसदीय दलको नेता चयन

सुमनराज प्याकुरेल एमाले राष्ट्रियसभा संसदीय दलको नेता चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले राष्ट्रिय सभा संसदीय दलको नेतामा सुमनराज प्याकुरेललाई चयन गरेका हुन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा संसदीय दलको नयाँ नेता चयन गरेका हुन् ।

तत्कालिन नेकपा हुँदा माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलका नेता थिए । दुई पार्टी अलग भएपछि एमाले संसदीय दलको नेता खाली थियो ।

प्रधानमन्त्री ओलीले प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता चयन भएको पत्र संसद सचिवालयलाई पठाएका छन् ।