सुन तस्कर भटाभट् छुट्दै, दोषी प्रहरी कि अदालत ?

सुन तस्कर भटाभट् छुट्दै, दोषी प्रहरी कि अदालत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — ठूलो परिमाणको सुन तस्करीका अधिकांश घटनामा मुछिएका प्रतिवादीहरू अदालतबाट सामान्य धरौटीमै छुटेका छन् । प्रहरीले संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दायर गरे पनि अदालती प्रक्रियाबाट केही लाख धरौटी बुझाएर उनीहरू सहजै मुक्त भइरहेका छन् ।

 

यसले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिह्न त उठेको छ नै, विद्यमान कानुनी ‘छिद्र’ को फाइदा तस्करीमा संलग्नले उठाइरहेको समेत देखिन्छ ।

 

२०७३ पुस २१ मा नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्युरोले दुबईबाट एयर अरेबियाको विमानमार्फत ‘सेटिङ’ मा काठमाडौं ल्याउँदै गरिएको ३३.७७७ केजी सुन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बाहिर बरामद र्गयो ।

 

तस्करीको सुन बरामद भएलगत्तै ब्युरोले पत्रकार सम्मेलन गरेर अनुसन्धान गर्ने जिम्मा राजस्व अनुसन्धान विभागलाई नदिने बरु आफैंले संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाउने घोषणा र्गयो । यसअघि अधिकांश सुन तस्करीका घटनामा प्रहरीले मुद्दाको जिम्मा राजस्व अनुसन्धान विभागलाई दिने गरेको थियो ।

 

 

संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाउँदा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने सुविधा प्रहरीलाई थियो । महिनौं लामो अनुसन्धानपछि प्रहरीले ३३ जना प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर र्गयो, जसमा ब्युरोले १६ करोड ४२ लाख रुपैयाँ बिगो दाबी माग गरेको थियो भने भन्सार ऐनअनुसार जरिवाना, ५ वर्ष कैद र संगठित अपराधमा कैद माग दाबी गरेको थियो ।

 

 

ब्युरोले तस्करीमा मुख्य भूमिका निर्वाह गरेको भनेर जो जसलाई प्रतिवादी बनाएको थियो, तीमध्ये अधिकांश सामान्य धरौटी बुझाएर छुटिसकेका छन् । ३३ प्रतिवादीमध्ये २० जना छुटिसकेका छन् भने ६ जना पुर्पक्षका लागि थुनामा छन् । अन्य प्रतिवादी फरार छन् । अवैध सुन तस्करीमा सामेल भएको अभियोगमा विमानस्थल भन्सारमा कार्यरत कर्मचारी, काठमाडौंका ठूला भनिएका सुन पसलका सञ्चालकहरूदेखि एसएसपी श्याम खत्रीसम्म पक्राउ परेका थिए ।

 

 

विमानस्थलमा कार्यरत एसएसपी खत्रीमाथि सुन पास गराउन सुरक्षा प्रबन्ध मिलाएर आर्थिक लाभ लिएको आरोप थियो । विमानस्थल भन्सारमै कार्यरत कर्मचारी श्रीनारायण यादवले प्रहरी बयानका क्रममा अवैध सुन भन्सार पास गराएपछि एसएसपी खत्रीले एक लाख रुपैयाँ दिने गरेको बताएका थिए ।

 

 

तर २३ माघमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार एसएसपी खत्री २ लाख धरौटीमा छुटे । जिल्ला अदालतको आदेश अमिल्दो भएको भन्दै एसएसपी खत्रीले पाटन उच्च अदालतमा पुनरावेदन दिए । पाटन उच्च अदालतको आदेशबाट भने उनी साधारण तारेखमा रिहा भए ।

 

विमानस्थल भन्सारको एक्सरे शाखामा लामो समयदेखि काम गरिरहेका रेडियो टेक्निसियन श्यामकृष्ण श्रेष्ठलाई पनि ब्युरोले मुख्य प्रतिवादी बनाएको थियो । एसएसपी खत्रीसँग मिलेर ‘सेटिङ’ मा सहयोग गरेको आरोप उनीमाथि लागेको थियो । केही महिना थुनामा बसेका श्रेष्ठ पनि अन्ततस् काठमाडौं जिल्ला अदालतको आदेशअनुसार दुई लाख धरौटी बुझाएर छुटे ।

 

 

तस्करीको सुन किनेको आरोप लागेका राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठ एकरएक लाख धरौटीमा छुटे । त्यस्तै संगठित तस्करीबाट काठमाडौं भित्रिएको सुन सस्तो मूल्यमा किनेको आरोप न्युरोडमा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस सञ्चालन गरिरहेका राजेश, सुनील, मनोज र सपनमाथि लागेको थियो । धरान स्थायी घर भएका सपन पप र फ्युजन गीतका लोकप्रिय गायकका रूपमा परिचित छन् ।

 

 

ब्युरोले मुद्दा चलाएका राजेश बोगटी र राजेन्द्रमान शाक्य क्रमशस् जेठ २२ र २३ गते डेढरडेढ लाख रुपैयाँ धरौटी बुझाएर छुटे । जेठ २९ गते मल्लिका बज्राचार्य शाक्य साधारण तारखेमा धरौटीमा छुटिन् भने वैभव लक्ष्मी गोल्ड प्यालेसकी सञ्चालिकामध्येकी एक गीता श्रेष्ठ जेठ ३० मा एक लाख धरौटी बुझाएर रिहा भइन् ।

 

 

सोही प्यालेसका अर्का सञ्चालक प्रमोद श्रेष्ठ सात लाख रुपैयाँ धरौटी बुझाएर छुटे । ब्युरोले आरके ज्वेलर्सका शाक्य र बज्राचार्यका साथै शालिमार ज्वेलर्सका बोगटी र वैभव लक्ष्मी गोल्ड प्यालेसकी सञ्चालिका श्रेष्ठमाथि अवैध सुन खरिद गरेको आरोप लगाएको थियो । गीता र प्रमोदलाई ब्युरोले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो ।

 

 

तस्करीको सुन ओसारपसारका मुख्य नाइके भनेर ब्युरोले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरी राजनप्रसाद पन्थलाई दुबईबाट डिपोर्ट गराउन सफल भएको थियो । डिपोर्ट भएर काठडमाडौं फर्कनेबित्तिकै विमानस्थलमा पक्राउ परेका पन्थ १० लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

 

 

त्यस्तै प्रहरीले दुबईमा बसेर सुन तस्करी धन्दा चलाइरहेको आरोप लागेका गुप्तलाल भुसाललाई पनि डिफ्युजन नोटिस जारी गरेको थियो । कात्तिक २३ गते दुबईबाट ल्याइएका भुसाल पनि कात्तिक २६ गते काठमाडौं जिल्ला अदालतमा २० लाख धरौटी बुझाएर छुटे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् ।

 

 

दुबईबाट अवैध रूपमा भित्रिएको सुन काठमाडौंमा व्यवस्थापन गर्ने आरोप लागेका रामप्रताप खडका पनि जिल्ला अदालतमा १० लाख धरौटी बुझाएर छुटेका छन् । उनलाई ब्युरोले रामहरि कार्कीसँग मिलेर अवैध सुन ‘रिसिभ’ गर्ने र सुन पसलमा र्पुयाउने गरेको आरोप लगाएको थियो ।

 

आरके ज्वेलर्स न्युरोडका कामदार सन्नी श्रेष्ठ, विमानस्थल भन्सारमा रेडियो टेक्निसियनका रूपमा कार्यरत गंगाप्रसाद भुर्तेल र सोही पदमा कार्यरत प्रद्युम्नहरि खडका र तेजबहादुर श्रेष्ठ १०र१० लाख धरौटीमा छुटेका छन् ।

 

 

 

कतिसम्म भने आरके ज्वेलर्सका सञ्चालकमध्येका एक राजेन्द्रकुमार शाक्य डेढ लाख धरौटीमा छुटे भने सोही पसलमा कामदारका रूपमा कार्यरत सन्नीसँग भने दस लाख धरौटी माग गरिएको थियो ।

 

 

तस्करीको सुन लिन दिलबन्धु कार्की टेरियस गाडी लिएर विमानस्थल पुगेका थिए । गाडीका मालिक जितबहादुर तामाङलाई पनि प्रहरीले प्रतिवादी बनाएको थियो । प्रतिवादी तामाङ पनि काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भइसकेका छन् ।

 

तस्करीमा मुछिएका ६ जना मात्रै पुर्पक्षका लागि थुनामा छन् । यूएईबाट सुन बोकेर ल्याउने गोपालबहादुर शाही, सुन लिन जाने दिलबन्धु कार्की र रामहरि कार्की, सुन पठाउन व्यवस्था मिलाउने सन्तोष काफ्ले, विमानस्थल भन्सारको स्क्रिन पास गराउने कर्मचारी राजकुमार ढकाल र विमानस्थल भन्सारमा कार्यरत तथ्यांक अधिकृत श्रीनारायण यादवमात्रै थुनामा छन् ।

 

३३ केजी सुन तस्करीमा जसरी मुख्य प्रतिवादी सामान्य धरौटी बुझाएर मुक्त भए त्यस्तै प्रवृत्ति गत भदौ २९ गते क्षेत्रपाटीमा रोकिराखेको गाडीबाट बरामद ८८ केजी सुनको मुद्दामा पनि देखिएको छ ।

 

प्रहरी परिसर काठमाडौंले सुन तस्करीको यो घटनामा पनि संगठित अपराध निवारण ऐनअन्तर्गत ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

 

प्रहरीले काठमाडौंमा होटल व्यवसाय गर्ने फरार दुई चिनियाँ नागरिक पान विङमिङ र याङ विङमिङसहित ११ जनालाई प्रतिवादी बनाएको थियो । तीमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् भने चार जना धरौटी बुझाएर छुटिसके ।

 

चिनियाँ नागरिकसँग मिलेर तस्करी व्यवस्थापन गरेको आरोप लागेका केरुङ–नेपाल व्यापार संघका अध्यक्ष एवं रसुवाका कांग्रेस नेता मानबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्न आदेश दियो ।

 

 

तामाङले वी च्याटमार्फत चिनियाँ नागरिकसँग सुन तस्करी गर्नेबारे सूचना आदानप्रदान गर्ने र चिनियाँसँग मिलेर व्यापारसमेत गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । एक हजार रुपैयाँको लोभमा तस्करीको सुन ओसारपसार गर्ने गाडी चलाउने तीन चालक दम्बा सान्डु तामाङ, दिलीप खडका र मनोज अधिकारीलाई भने जिल्ला अदालतले थुनामा राखेको छ, जबकि प्रहरी परिसर काठमाडौंले तीनै चालकलाई मुख्य अभियुक्त नभई सहयोगीका रूपमा मात्रै पेस गरेको थियो ।

 

 

 

अदालतले ओसारपसारमा संलग्न सहयोगी लाक्पा ग्याल्जेन तामाङलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

 

संगठित रूपमा भइरहेको सुन तस्करीका तीन प्रतिनिधि घटनाका मुख्य प्रतिवादीहरू सामान्य धरौटीमा रिहा हुनुलाई प्रहरीका उच्च अधिकारी अनौठो रूपमा हेर्छन् ।

 

एक उच्च अधिकारीले संगठित अपराधमा मुछिएका र करोडौंको बिगो मागदाबी भएको मुद्दामा केही लाखमा धरौटी बुझाएर प्रतिवादी छुटदा संगठित अपराधले बढावा पाउन सक्ने बताए ।

‘कि त प्रहरीको अनुसन्धानमा त्रुटि हुनुर्पयो, होइन भने अदालती प्रक्रियाबाट कसरी प्रतिवादीहरू सजिलै छुट्ने परिस्थिति निर्माण भयो भन्नेबारे गम्भीर समीक्षा हुन जरुरी छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।