काठमाण्डु – साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धाकाे खेल जारी रहेकाे छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलको दोस्रो हाफको शुरुवातमा नै भारतले दुई गोलको अग्रता लिएको छ ।
भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा अग्रता दिलाए भने लगत्तै ५० औँ मिनेटमा सुरेश सिंहले भारतको अग्रता दोब्बर बनाए ।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ८ मध्ये नेपाल ६ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।
प्रतिक्रिया