पोखरा – गण्डकी प्रदेशसभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
शुक्रबार सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराएका छन् ।
सांसद विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा उनी निर्वाचित भएकी हुन् । सुनिता अपाङ्गता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा रहेकी थिइन् ।
प्रतिक्रिया