काठमाण्डु – काठमाण्डु महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा शनिबार बेल्जियन प्रस्थान गरेकी छन् ।
ईयूको बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा शहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक हुनेछ । संसद् सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद् सदस्यहरूसँग छलफल हुनेछ ।
यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन (एडीआर) को अभ्यास अवलोकन गर्ने कार्यतालिका छ ।
स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरूसँग शहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन र प्रवद्र्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ ।
यस क्रममा उनले काठमाण्डु महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम छ । यस क्रममा रचनात्मक उद्योगसँग सम्बन्धित कार्यहरू, नेपाली सभ्यता, मौलिक र परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा गरिमासँग सम्बन्धित विषय समेटिनेछन् । लैङ्गिकमैत्री शहर निर्माणका प्रयास, स्थानीय विवाद समाधानमा महिला सञ्जालको गठन र सञ्चालन, वडास्तरीय मेलमिलाप कक्षसँग सम्बन्धित विषय समेटिनेछन् ।
प्रतिक्रिया