अनेरास्ववियूले १०५१ वटै क्याम्पसबाट स्ववियु चुनाव जित्छः सुनिता बराल

अनेरास्ववियूले १०५१ वटै क्याम्पसबाट स्ववियु चुनाव जित्छः सुनिता बराल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अनेरास्ववियुकी नेतृ सुनिता बरालले आगामी फागुन १४ मा हुने स्ववियु निर्वाचनमा देशका १०५१ वटै क्याम्पसमा अनेरास्ववियूले जित हाँसिल गर्ने दाबी गरेकी छिन् ।

नेतृ बरालले लामो समयदेखिको अन्योल र आशंकाकाबीच संगठनहरुप्रति विद्यार्थीको अभिमत बुझ्न स्ववियु निर्वाचनमा होमिएको उल्लेख गरेकी छन् ।

नेतृ बरालले भनेकी छिन्, ‘आशा गरौं मित्र संगठन नेबिसंघ आफ्ना आन्तरिक समस्याहरु को शिघ्र समाधान गरि मैदानमा तयारी हालतमा भेटिनेछ ।’ उनले देशको एकजार एकाउन्न वटै क्याम्पसमा हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुको झण्डा फहराउने दाबी गरेकी हुन् । उनले भनेकी छिन्,‘मिनीसंसद, मानिने स्ववियुमा ईतिहासमा संधै वर्चस्वमा रहेका मुलुककै दुई शक्तिशाली संगठनहरुको एकता पछि पहिलोपटक मुलुकभरका ६२ आंगिक सहित सम्पुर्ण एक हजार एकाउन्न वटै क्याम्पसको स्ववियुमा अनेरास्ववियूको झण्डा फहराउने छौं ! नेबिसंघसंग १०५२ औं मा प्रतिस्पर्धा हुनसक्छ !’

स्ववियु निर्वाचनका लागि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको बैठकमा प्रस्ताव राखेको हो ।

यस्तो छ त्रिविको कार्यकतालिका