सुनिता डंगोलले पाइन् प्रतिस्पर्धीभन्दा चार गुना बढी मत

सुनिता डंगोलले पाइन् प्रतिस्पर्धीभन्दा चार गुना बढी मत


काठमाण्डु- काठमाण्डु महानगरपालिकाको उपमेयरका लागि नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले १४ हजार ७१७ मत प्राप्त गरेकी छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाण्ड महानगरपालिकामा ३९ हजार ६२३ मतगणना हुँदा डंगोलले १४ हजार ७१७ मत प्राप्त गरेकी हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठले जम्मा ४ हजार ६५२ मत पाएका छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार हुन्। डंगोल सुरू देखि नै फराकिलो मतान्तर राख्दै अगाडि बढेकी छन् ।