सुनिता दुनुवारले पाइन् अमेरिकी राष्ट्रपती ट्रम्पकी छोरीको हातबाट विश्व प्रतिष्ठित हिरो अवार्ड

सुनिता दुनुवारले पाइन् अमेरिकी राष्ट्रपती ट्रम्पकी छोरीको हातबाट विश्व प्रतिष्ठित हिरो अवार्ड


 काठमाडौं – अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड सुनिता दनुवारलाई प्रदान गरेका छन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार दोस्रो नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् ।

यो अवार्ड अमेरिका सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठत मानिन्छ । अमेरीकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउंदै उद्धार र पुनःस्थापना तथा कानुनी लडाईमा सफलता प्राप्त गर्ने विश्वभरिका अभियन्ताबाट एक जनालाई हिरो छनोट गर्दछ ।

बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समुह विश्वकै पहिलो संस्था हो । अमेरिकी बिदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको रुपमा शक्ति समूहलाई मान्यता दिइएको छ ।

दनुवारले मानब बेचबिखन बिरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरीकी बिदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अमेरिकी राष्ट्रपती ट्रम्पकी छोरीको हातबाट सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड