सन्नी लियोन बनिन् आमा

सन्नी लियोन बनिन् आमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हालै सन्नी लियोनले आमा बन्ने इच्छा ब्यक्त गरेकी थिइन् । उनले आफूहरु दुईबाट तीन बन्न योजना बनाइरहेको बताएकी थिइन् ।

अब सन्नीका फ्यानहरुका लागि खुशीको खबर छ कि उनी एउटा छोरीकी आमा बनेकी छिन् । सन्नी लियोन र उनका पति डेनियल बेबरले २१ महिनाकी एक बालिकालाई छोरीका रुपमा अपनाएका छन् ।

उनीहरुले आफ्नी छोरीको नाम निशा कौर बेबर राखेका छन् । सन्नी लियोन र डेनियलले एक अन्तर्वार्तामा उनीहरुले बच्चालाई अपनाउनका लागि एक वर्ष पहिला नै निवेदन दिएका थिए । उनीहरुले आफूहरु अनाथालयमा पुगेका बेला नै बच्चा अपनाउने तयारी गरेको उल्लेख गरेका छन् ।

सन्नीले भनिन्, ‘मैले त्यो बच्चीलाई देख्ने बितिकै प्रेम भएको थियो । बच्चीको नाम निशा कौर बेबर राखेका छौं ।’

सन्नी र डेनियल जुन दिन निशालाई लिन गएका थिए, त्यो दिन उनीहरु निकै खुशी थिए । कारमा लातुरबाट मुम्बई आउन उनीहरुलाई ८ घण्टा लाग्यो ।