बाल दिवसको अवसरमा २ सय बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान

बाल दिवसको अवसरमा २ सय बढी किशोरीलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान


काठमाण्डु–राष्ट्रिय बाल दिवसको अवसरमा किडपावर नेपालले उपत्यकाका ३ जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ ।

किडपावर नेपालल लक्ष्मी सनराइज बैंकको सौजन्यमा काठमाण्डौ, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २ सय बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरेको हो ।

तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमशः) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ, श्री सिद्धि मंगल माध्यमिक विद्यालय,महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए ।

तालिम गत भाद्र २५ देखी भाद्र २८ सम्म संचालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरु, सहायक प्रधान अध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सन्‌राइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम संचालन गरिएको थियो ।

उक्त तालिममा किडपावर अन्तर्राष्ट्रियका नेपालका लागि निर्देशक अधिवक्ता सुष्मा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्णप्रसाद खनालले प्रमुख प्रशिक्षण गरेका थिए भने किडपावर नेपालका तर्फबाट सुनिता पोखरेलको प्रतिनिधित्व रहेको थियो ।