सुदूरपश्चिममा मन्त्रीहरूको कार्यविभाजन हेरफेर, आर्थिक मामिलामा रावल

सुदूरपश्चिममा मन्त्रीहरूको कार्यविभाजन हेरफेर, आर्थिक मामिलामा रावल


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीहरूको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको छ ।

बिहीबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा जिम्मेवारी हेरफेर गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार आर्थिक मामिला मन्त्रीको जिम्मेवारी नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावलले पाएका छन् । यसअघि नेकपा एमालेसँगको गठबन्धन सरकार हुँदा आर्थिक मामिला मन्त्रालय एमालेसँग थियो ।

यसअघि भागबण्डा पुर्‍याउन मन्त्रालय टुंग्याइएको भए पनि पुनः मन्त्रिपरिषद् ७ सदस्यीय बनेको छ ।