काठमाण्डु – न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीनजनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको न्याय परिषदको बैठकले न्यायाधीश नीता गौतम दीक्षित, विनोद शर्मा र प्रा. डा. डीएन पराजुलीको नाम सिफारिस गरेको हो । हाल सर्वोच्च अदालतमा दुई न्यायाधीशको पद रिक्त छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्था अनुसार उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी तीनजनाको नाम सिफारिस गरिएको हो ।
सर्वोच्चको न्यायाधीश सिफारिस भएकामध्ये नीता गौतम दिक्षीत उच्च अदालतको मुख्य न्यायाधीश हुन् । विनोद शर्मा कामु मुख्य न्यायाधीश हुन् भने पराजुली वरिष्ठ अधिवक्ता तथा प्राध्यापक हुन् ।
प्रतिक्रिया