सर्वोच्चमा गृहमन्त्री लेखकका साँढुभाइ नाताका पाण्डेसहित दुई न्यायाधीश सिफारिस

सर्वोच्चमा गृहमन्त्री लेखकका साँढुभाइ नाताका पाण्डेसहित दुई न्यायाधीश सिफारिस

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद्ले गृहमन्त्री रमेश लेखकका साढुभाइ नाता पर्ने नित्यानन्द पाण्डेसहित दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद बैठकले तुलसीपुका मुख्य न्यायाधीश रहेका पाण्डेसहित उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई पनि सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

सर्वोच्चमा चार न्यायाधीश रिक्त भए पनि स्वार्थ पूर्ति गर्न दुई न्यायाधीशमात्रै नियुक्ति सिफारिस गरिएको हो ।

२० असोजबाट अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले तारन्तर बैठक बसेर दुई जनालाई मात्रै सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेपछि विरोध भएको छ । विरोधमा नेपाल बार एसोसिएसनले न्यायपरिषद् बैठक बसिरहँदा बैठकस्थल बाहिर धर्ना दिइरहेको थियो ।

अवकाशको मुखमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ वरियता र क्षमताको बेवास्ता गर्दै गृहमन्त्री लेखकका साँढुभाइ नाताका पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका हुन् ।

सर्वोच्च अदालतमा २ हप्ताभित्र नयाँ प्रधानन्यायाधीश आउने पक्का भइसक्दा प्रधानन्यायाधीश श्रेष्ठ व्यक्तिगत चाहनामा पाण्डेलाई सिफारिस गरेका हुन् ।

संक्रमणकालीन अवधिमा दीर्घकालीन प्रभाव पार्ने नियुक्ति प्रधानन्यायाधीश श्रेष्ठले गरेको भन्दै धेरैले आश्चर्य र असामान्य भन्दै विरोध गरिरहेका छन् ।

प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउतको नाम संवैधानिक परिषद्ले सिफारिस गरिसकेको अवस्था श्रेष्ठले व्यक्तिगत चाहना परि।पूर्ति गर्न निर्णय लिएका हुन् । न्याय परिषद्मा अहिले अध्यक्ष श्रेष्ठ र सदस्यहरूमा कानूनमन्त्री अजय चौरासिया, कायममुकायम प्रधानन्यायाधीश राउत, रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी छन् ।

पाण्डे गृहमन्त्री लेखकको साँढु नाताका भएकाले कांग्रेसको कोटामा अदालत छिरेका हुन् । उनी लेखककै जोडबलमा कनिष्ट हुँदाहुदै पनि सिनियरलाई पाखा लगाएर मुख्य न्यायाधीश बनेका थिए ।

गृहमन्त्रीका नातेदारलाई न्यायाधीश बनाउन बिदामा बसेका प्रधानन्यायाधीश श्रेष्ठले बोलाए बैठक