काठमाडौं– सर्वोच्च अदालतकाले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ।
सर्वाेच्चका ११ न्यायाधीशलाई हटाउने उद्देश्यका साथ रिट दायर गर्न खोजिएको थियो। तर, सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पूर्ण इजलासबाट पहिल्यै नै उक्त रिटको निर्णय भएर अन्तिम भइसकेकाले निवेदन दर्ता गर्न नमिल्ने भनेर फैसला गरेको हो।
‘एकपटक निरुपण भइसकेर अन्तिम भइसकेको मुद्दाको बिषयलाई उठान गरी फेरि सुनुवाइ गर्न नमिल्ने भएकाले निवेदन दर्ता गर्न आवश्यक छैन,’ फैसलामा भनिएको छ।
रिट निवेदक अधिवक्ता गणेशप्रसाद पाण्डेले तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठको पालामा न्यायपरिषद् अपूर्ण बैठकले नियुक्त गरिएका ११ न्यायाधीशको सम्बन्धमा रिट दर्ता गर्न जाँदा सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न नमानेपछि रिट निवेदन दर्ताका लागि मुद्दा दायर गरेका थिए।
उनले अपूरो न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिस गैरसंवैधानिक भएको दाबी गरेका थिए। नियुक्ति कानुनसम्मत भएको भन्दै सुशीला कार्की प्रधानन्यायाधीश हुँदा भएको बेला सर्वोच्चले त्यस मुद्दा किनारा लगाएको थियो ।
प्रतिक्रिया