सर्वोच्चद्वारा पठाओको सेवा नरोक्न आदेश

सर्वोच्चद्वारा पठाओको सेवा नरोक्न आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले निजी व्यवसाय सञ्चालन गरिरहेको कम्पनी पठाओलाई रोक्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

मंगलबार न्यायाीधशहरु केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजालसले पठाओविरुद्धको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेको हो ।प्रारम्भिक चरणको बहस सुनेपछि मंगलबार सर्वोच्चले विपक्षी पठाओ तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहितका नाउँमा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

गैरकानुनी रुपमा सञ्चालन भएकाले उक्त सेवा रोक्न माग गर्दै श्यामकुमार श्रेष्ठले माघ २८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । पठाओ बंगलादेशी राइडिङ सेयरिङ कम्पनी हो। काठमाडौंमा पछिल्लो समय यो लोकप्रिय छ।