डा सुरेन्द्र गोयल म्यानेजमेन्ट एसोसियसन अफ नेपालको कार्यकारी वोर्ड सदस्यमा निर्वाचित

डा सुरेन्द्र गोयल म्यानेजमेन्ट एसोसियसन अफ नेपालको कार्यकारी वोर्ड सदस्यमा निर्वाचित


काठमाण्डु – शिवम् सिमेन्ट लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल म्यानेजमेन्ट एसोसियसन अफ नेपालको (म्यान)काे कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएका छन् ।

चैत २६ गते सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं वार्षिक साधारण सभाबाट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै MANको कार्यकारी वोर्डको सदस्य पदमा गोयल निर्वाचित भएका हुन् । उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो ।

यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो