-सुरेन्द्र पाण्डे, विश्वको एक्सचेञ्ज करेन्सीको माध्यमबाट अमेरिकाले संसारभर आफ्नो अधिपत्य स्थापीत गर्ने प्रयास गरिरहेको छ । विश्वको ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ । यहि आधारमा अमेरिका टिकेको छ । र यो विश्व व्यवस्थालाई परिर्वतन गर्न अरु देश सक्षम भैसकेका छैनन् । किन भने वर्ल्ड बैंकको सेयरमा १६.५ प्रतिशत अमेरिकाको हिस्सा छ । अमेरिकाले समर्थन नजनाउँदासम्म विश्व बैंकको चार्टर(संविधान) संसोधन हुन्न । अर्थात अमेरिकाले चाहँदा मात्रै विश्व बैंकको संविधान संसोधन हुन्छ । त्यसैले आज पनि विश्व अर्थतन्त्र र राजनीतिमा अमेरिकाको वर्चश्व छ । विश्व बैंकको यहि व्यवस्थालाई परिवर्तन गर्नुपर्छ भनेर आवाज उठिरहेको छ ।
भ्याईस टु द पार्टिसिपेशन भनेर विश्व बैंक्भित्र ठुलो आवाज उठिरहेको छ । भ्वाईस भनेको कुनै पनि देशले आफ्नो आम्दानी अनुसार विश्व बैंकको सेयर हिस्सा पाउनुपर्छ भन्ने हो, अमेरिकाको घट्नुपर्छ भन्ने हो । पार्टिसिपेशन भनेको जुनसुकै देशले आफुले चाहेको मान्छेलाई अध्यक्ष बनाउन पाउनु परो । विश्व अर्थ व्यवस्थामाथी अमेरिकाको यहि वर्चश्वका विरुद्ध रुस, चीन, ब्राजिल, भारत र दक्षिण अफ्रिका मिलेर ब्रिक्स गठन गरेका छन् । चीनको अगुवाईमा विश्व बैंकसँग प्रतिष्पर्धा गर्नका लागि एसिया इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक गठन गरिएको छ । यद्यपी यो अहिलेसम्म अमेरिका र विश्व बैंकको प्रतिष्पर्धी संस्थाका रुपमा आईसकेको छैन् ।
१७ औं शताब्दीसम्म विश्वको एक नम्बर शक्ति चीन थियो अर्थतन्त्रका हिसाबले । चीनका बादशाहले विश्वको बीच भागको देश चीन हो र हामीलाई स्वर्गका देउताले पृथ्वीमा शासन गर्न पठाएका हुन भन्थे । अर्को महत्वकापुर्ण अमेरिका पत्ता लगाएको कोलम्बसले होइन् । चीनियाँ वादशाहले त्यो भन्दा पहिले नै अनुसन्धानको टिम पठाएर अमेरिका पत्ता लगाईसकेको थिए । अमेरिका साहै्र पछौटे ठाउँ रहेछ भन्ने निष्कर्ष निकालेपछि त्यसलाई त्यत्तिकै छोडिएको हो । पछि युरोपियनहरुले अमेरिका पत्ता लगायौं भनेर कब्जा जमाए । तर पछिल्लो समय चिनियाँहरु मोज मस्तीमा लागे । युरोपले आधुनिक विकास गर्यो । धेरै कुराको विकास गरेको चीन पछि पर्यो र विज्ञान प्रविधिका बलमा युरोप अघि लाग्यो ।
१७ औं शताब्दीबाट बेलायत संसारको पहिलो अर्थतन्त्र बन्यो । त्यसपछि १८९० मा पुग्दा अमेरिका विश्वको पहिलो अर्थतन्त्र बन्न सफल भयो । दोश्रो विश्वयुद्धपछि भने अमेरिका सैन्य शक्ति र अर्थतन्त्रकै आधारमा पहिलो बन्न सफल भयो । विमानको निर्माण र परामाणु बमका कारण अमेरिका सर्वशक्तिमान बन्यो र आज पर्यन्त अमेरिका महाशक्तिमान देशका रुपमा कायम छ । अहिले पनि चीनियाहरुको प्रति व्यक्ति आम्दानी १० हजार डलर प्लस छ भने अमेरिकीहरुको ६० हजार डलर छ । कुल आन्तरिक त्पादन९जिएनपी०मा अमेरिकाको २१ सय ३४ अर्ब डलर छ । युरोपियन युनियनको १७ सय ७० अर्ब डलर छ भने तेश्रो स्थानमा रहेको चीनको १४ सय २१ अर्ब डलर छ । तर पीपीपी अर्थात पर्चेजिङ पावर प्यारीटीका आधारमा अहिले नै चीनले अमेरिकालाई उछिनिसकेको छ । चीनको २७ सय ४३ अर्ब डलर , यरोपियन युनियनको २२ सय ९५ अर्ब डलर र २१ सय ४१ अर्ब डलर रहेछ । अर्थात अहिले नै पनि चीनले पीपीपीका आधारमा अमेरिकालाई उछिनिसकेको छ ।
चीनियाहरुले भनेझै केहि समयपछि अमेरिकालाई उछिन्ने छ । सन २०५० सम्ममा पुग्दा चीनले सबै कोणबाट विश्व व्यवस्थालाई नेतृत्व गरिसकेको हुनेछ । चीनियाँहरुको प्रति व्यक्ति आम्दानी १० हजार डलर कटेको छ । १३ हजार डलर कटेपछि धनी देश बन्ने व्यवस्था छ । चीन भनेको नक्कल गर्ने देश होइन । नक्कल गरेर धोखा खाएपछि चेत खुलेर आफै बनेको देश हो । सन १९४५ मा सोभियत संघले चीनको च्याङकाई सेकको पार्टीसँग एउटा सम्झौता गरेको थियो । त्यसका आधारमा कुमिन्ताङसँग युद्ध नगर्न स्टालिनले माओलाई आदेश दिएका थिए । माओले त्यो अस्विकार गरे । माओले स्टालिनको कुरा मानेको भए चीनमा क्रान्ति हुने थिएन् । पछि रसियाले पनि चिनिया क्रान्तिमा सघायो र क्रान्ति सफल पनि भयो ।
क्रान्ति सफल भएपछि चीनले पनि रसियनहरुकै बाटो रोजे । २०५६ मा चीन र रुसका झगडा भयो । खुस्चेभलाई देखाउनका लागि ग्रेड लिभ फरवार्ड भनेर अभियान चलाए । रुसले चीनमा समाजवाद स्थापनाका लागि १० हजार विशेषज्ञ फर्कायो । १५ सय राजनीतिक सहयोगी पठाएको थियो, त्यो पनि फिर्ता गर्यो । रसियन कदमको विरुद्ध माओले ग्रेट लिभ फरवार्ड सञ्चालन गरे । तर जनता भोकमरीको चपेटामा परेपछि १९६१ फिर्ता लिए । माओले चाहेको र देखेको योजनाबाट चीनको प्रगति हुन सकेन् । माओ झनझन पछाडी फर्कदै जान थालेका थिए । १९६५ मा सांस्कृतिक क्रान्तिका नाममा विद्यालय शिक्षा बन्द गर्नुपर्छ भन्ने निष्कर्षमा माओ पुगेका थिए । सन १९७० मा पुगेपछि विद्यालय र विश्व विद्यालय पुनः खुले । सोभियत संघ पनि समाजवादी मुलुक अनि चीन पनि समाजवादी मुलुक थिए । त्यहिबीचमा १९७० मा यी दुई देशका बीचमा समस्या आउँदा अमेरिकाले खेल खेल्यो । चीन र अमेरिकाले हात मिलाए । तर यसबाट चीनले यथेष्ठ लाभ लिन सक्यो । त्यहि हात मिलाए वापत चीनले संयुक्त राष्ट्र संघको सदस्यता पायो । सुरक्षा परिषदको सदस्यको सदस्यता पायो र अमेरिकी बजारमा निर्वाध प्रवेश गर्ने अवसर पनि पायो ।
चीनले पनि खुला नीति लियो र अमेरिकी बजारमै अधिपत्य जमाउन सफल भयो । त्यहि कारणले आज चीन विश्व अर्थ व्यवस्थामा पहिलो नम्बरको हुने अभियानमा छ । सोभियत संघ बिघठन भएपछि मात्रै चीनले त्यस्तो अवसर पाएको थियो भने पनि आजको अवस्थामा चीन आउन सक्ने थिएन् । त्यसकारण उतिबेलाको परिस्तिथीलाई चीनले वुद्धिमतापुर्वक आफ्नो देशको हितमा अधिकतम उपयोग गरेको देखिन्छ । अमेरिकासँग मिल्यो भनेर स्टालिनले माओलाई राष्ट्रवादी त हुन तर कम्युनिष्ट होइनन भन्थे । अन्तराष्ट्रियतावाद अंगालेको सोभियत संघ विघटन भयो तर राष्ट्रवादमै सिमित भएको चीन यहाँसम्म आईपुगेको छ । यसबाट हामीले राष्ट्रिय हितमा अन्तराष्ट्रिय शक्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे स्पष्ट हुनुपर्छ ।
नेपालकै पोलिसी लेभलमा बस्नेहरुलाई सि जिनपिङले बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआई) भनेपछि ह्वार ह्वार्ती पैसा दिन्छन र अनुदानमा विकास गरौंला भन्ने बुझाई छ । चीनियाँहरु भनिरहेका छन् की बिआरआईमा अनुदान होइन ऋण दिन्छौं र तिमिहरुले तिर्नुपर्छ । चिनियाहरु विन विन भनिरहेका छन् । चीनले हामीलाई सित्तैमा एक रुपैंयाँ पनि दिने वाला छैन् । म अर्थमन्त्री हुँदा प्रधानमन्त्रीसँग चीन गएको थिएँ । चीन जानु अघि के के माग्ने भनेर नेपालका ठुला मान्छेसँग छलफल गर्ने चलन रहेछ । हामी सपिङ लिस्ट बोकेर गएका थियौं । मलाई चीनको योजना(प्लानिङ) मन्त्रीले तिमिहरु माग्न आएका हौं भनेर प्रश्न गरे । उनले प्राथमिकता निर्धारण गरेर सहयोग माग्न अनुरोध गरेका थिए । चीनले १९७८ पछि ४ वटा बिशेष आर्थिक क्षेत्र सुरु गरेको थियो । हङकङ, कमाउ, ताइवान र लगायतको नजिक त्यस्तो क्षेत्र बनाएका थिए । देङस्याओ पिङ सेञ्जेन जाँदा दैनिक ६ हजार चिनियाँ मकाउ भागिरहेको देखे । उनले वारी भन्दा पारीको जीवन राम्रो देखेर गएका हुन, यता खान नपाएर भागेका हुन् भन्ने निष्कर्ष निकालेपछि त्यहिँ विशेष आर्थिक क्षेत्र बनाएका रहेछन् । अहिले यी चार वटा क्षेत्र नै विश्वको लगानी केन्द्र बनिरहेको छ ।
अब हामीले हाम्रो देशको विकास कसरी गर्ने भन्नेबारे सोच्नुपर्नेछ । चीनले दिनेछ र हामी स्वतः माथी जानेछौैं भनेर बस्यौं भने केहि पनि हुनेवाला छैन् । चिनियाँहरुबाट हामीले सिक्ने भनेको हामी अहिले जुन अवस्थामा छौं, त्यहाँबाट माथी उठ्नका लागि राष्ट्रिय योजना र साझा धारणा बनाउनुपर्छ । हामीसँग चीन र भारत छिमेकी छन् । यी हाम्रो चाहना अनुसार फेरिदैनन् । यी दुईलाई हामीले आफ्नो हितमा कसरी उपयोग गर्ने भन्ने कुरामा हामी केन्द्रित हुनुपर्छ । हिजो भारतसँग झगडा गर्न सिकियो । चीनियाहरुसँग त्यस्ता वैरभाव कहिले रहेन् । फेरी विश्वभर चिनियाँ भनेको युद्ध गर्ने नभएर व्यापार गर्ने जाति हो भन्ने मान्यता छ ।
१२ औं शताब्दीमै चंगेज खाँ युरोपसम्म व्यापार गर्न जान्थे । उनीहरु नरम कुटनीतिका माध्यमबाट अगाडी आउँछन् । उनीहरु आर्थिक कुटनीतिकै कारण अमेरिकालाई टक्कर दिने अवस्थामा आईपुगेका हुन् । चीनले सोयाबिन किन्दिन भनेपछि अमेरिकी किसानलाई समस्या पर्न थाल्यो । अहिले फेरी किन्न थालेको छ । अमेरिकी किसानसँग सोयाबिन किनेर अमेरिकालाई चीनसँग सम्बन्ध नबिगार्न दबाव दिईरहेको छ । सन २०३५ सम्म चीनलाई ८ हजार ठुला जहाज बोईङ वा एयरबस चाहिने रहेछ । अब उसले त्यो जहाजका नाममा बार्गेनिङ गर्न सक्ने अवस्था बनाईरहेको छ । चिनियाँहरु नयाँ कुरा पनि सिकिरहेका छन् ।
चीनबाट पढेर फर्केका एक विद्यार्थीले भन्दै थिए, तालिम सकिएपछि चिनियाँले वर्कशपमा पाँच देशका मेसिन देखायो । चार वटा मेसिनको राम्रो पक्ष समेटेर सस्तो र राम्रो मेसिन बनाएका रहेछन्, उनीहरुले अब नेपालले कति किन्छ भनेर सोधेका थिए रे । चीनियाहरुले विदेशी समान किनेर मात्रै बसेन, क्षमता पनि बढाएको छ । चीनमा अमेरिकीहरुले लगानी गरेर यस्तो भयो भन्नेहरु पनि छन् । त्यस्तो विकुलै होइन, हुवावेलाई नै हेर्नुस, छैठौं पुस्ताको टेलिकम बनाउँदैछ । फोर्थ इण्डष्ट्रियल रिभोलुसनको युग हो यो । आर्टिफिसियल इन्टेलिजेन्सका कारण १० वर्षभित्र १७ हजार अर्ब डलरको बजार बन्दैछ । त्यसमा ७ हजार अर्ब डलरको बजार त चीनले मात्रै ओगट्दैछ । अब उपचार गराउँदा डाक्टरले नभएर रोबेटले गर्नेछ । त्यतिबेला डाक्टरको काम नर्सको जस्तो विरामीलाई आराम छ भनेर सोध्नेमै सिमित हुँदैछ । हामीले पनि अब आफ्नो सन्दर्भमा लाभ लिने योजना बनाउनुपर्छ ।
(सी जिनपिङ विचारधारा र बीआरआईः के विश्व व्यवस्था बदलिँदैछ : शीर्षकको छलफल कार्यक्रममा नेकपा नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको विचार)
प्रतिक्रिया