सूर्यदर्शन सहकारी प्रकरण : जाहेरवाला तर्फको बहस सकियो, प्रतिवादी तर्फको बहस भोलिबाट

सूर्यदर्शन सहकारी प्रकरण : जाहेरवाला तर्फको बहस सकियो, प्रतिवादी तर्फको बहस भोलिबाट


काठमाण्डु– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फको बहस सकिएको छ। कास्की जिल्ला अदालतमा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका हुन् ।

अब प्रतिवादीहरूका तर्फबाट कानुन व्यवसायीहरूको बहस भोलि बाट सुरु हुने छ ।

सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो। प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

पीडित जाहेरवालाका कानुन व्यवसायीले रवि लामिछानेलगायतका अभियुक्त थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका छन्।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए।