कर्मचारीलाई सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

कर्मचारीलाई सुशासन कायम गर्न परराष्ट्रमन्त्रीको निर्देशन


गुल्मी – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार गठन भएको आठ महीनामा संविधान कार्यान्वयन, दुई छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको बताएका छन् ।

ज्ञवालीले भने , “अन्य मुलुकसँग पनि नेपाल र नेपालीको शिर उँचो पार्ने गरी सम्बन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ ।” सरकार विकास र जनताको समृद्धिको यात्रामा अगाडि बढेको भन्दै कर्मचारीलाई सुशासन कायम गर्न निर्देशन दिएका छन् ।

सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख तथा कर्मचारीहरुसँगको बैठक तथा स्वागत कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले अपराधीलाई छाड्दैन र भ्रष्टहरुप्रति झन् निर्मम ढङ्गले लागेको बताए ।

उनले निर्मला पन्त हत्या प्रकरणका अपराधी सरकारले पानीमुनि लुकेकै भए पनि नछाड्ने समेत बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।