ठेकेदारका दाइले आयोगमा ‘उपहार’ पाएपछि एमाले, माओवादीमा खैलाबैला: नेता रावल र भट्ट रुष्ट

ठेकेदारका दाइले आयोगमा ‘उपहार’ पाएपछि एमाले, माओवादीमा खैलाबैला: नेता रावल र भट्ट रुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील भट्ट नियुक्त भएपछि एमाले उपाध्यक्ष भीम रावल र माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य लेखराज भट्टले पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

सरकारले कांग्रेस पृष्ठभूमिका सुशीललाई आयोगको सदस्यमा नियुक्त गरेपछि प्रदेश नम्बर ७ का प्रभावशाली नेताहरूले नेता, कार्यकर्तासँगको संवादमा असन्तुष्टि जनाएका हुन्।

पेशाले इञ्जिनियर रहेका डडेलधुराका व्यवसायी भट्टलाई सरकारले आयोगको सदस्यमा नियुक्त गरेपछि प्रदेश ७ मा एमाले, माओवादीका नेताहरू क्रमशः रावल र भट्टलाई गुहार्न थालेका छन्।

नियुक्ति खारेजीको मागसहित नेता, कार्यकर्ता आफूहरुसमक्ष पुग्न थालेपछि रावल र भट्टले ‘नियुक्तिमा आफूहरु असन्तुष्ट’ रहेको बताउँदै आएका छन्।

पार्टीभित्र योग्य उम्मेदवार हुँदाहुँदै पार्टी बाहिरका व्यक्ति र कुनै योगदान नभएका व्यक्तिलाई योजना आयोगका सदस्यमा नियुत्त गरेको भन्दै रावल र भट्टले आपत्ति जनाउँदै आएका छन् ।

रावल र भट्ट क्रमश: एमाले र माओवादी केन्द्रका प्रदेश ७ को इन्चार्ज हुन्। तर, प्रदेशबाट योजना आयोगमा प्रतिनिधित्व गराउँदा ७ नम्बर प्रदेशका पार्टी इन्चार्जहरुसँग समेत कुनै छलफल नभएको उनीहरुको आरोप छ ।

सुशीलका भाइ दीपक भट्ट चाइना गेजुवा ग्रुप अफ कम्पनीको नेपाल एजेन्ट हुन्। उनको नेताहरूसँग राम्रो पहुँच भएको कारण पैशा र पावरको भरमा आयोगको सदस्यमा नियुक्त गरिएको अड्काल काट्न थालिएको छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्ष पुष्प कँडेलसहित अन्य ६ जनालाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। जसमा भट्ट पनि नियुत्ति भएका थिए।