पूर्वप्रधानन्याधीश सुशीला कार्की गोविन्द केसीको समर्थनमा सडकमा

पूर्वप्रधानन्याधीश सुशीला कार्की गोविन्द केसीको समर्थनमा सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– पूर्वप्रधानन्याधीश सुशीला कार्की डा.गोविन्द केसीको समर्थनमा सड्कमा उत्रेकी छन् । चिकित्सा क्षेत्र सुधारको माग राखी दुई हप्तादेखी  अनशनरत डा.गोविन्द केसीको समर्थनमा शनिबार निस्केको जुलुस प्रदर्शनमा पूर्वप्रधानन्याधीश कार्की सहभागी भएकी हुन । कार्कीसहित मानवअधिकारवादी कृष्ण पहाडी पनि प्रदर्शनमा सहभागी छन् ।

उनिहरुले केसीले अघि सारेका माग तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा चिकित्सा शिक्षाका विद्यार्थी, विभिन्न पेसाकर्मी र सर्वसाधारणको उपस्थिति थियो ।

जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ । डाक्टर केसीले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदबाट तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका छन् ।