३ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुं,पार्टीले अरुलाई सार्दैन् : अस्टलक्ष्मी शाक्य

३ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हुं,पार्टीले अरुलाई सार्दैन् : अस्टलक्ष्मी शाक्य


ललितपुर– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएकी छन् ।

ललितपुरस्थित निर्वाचन कार्यालयमा बुधबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेतृ शाक्यले संसदिय दलको नेताको लागी निर्वाचन नै हुने अवस्था आए पनि आफ्नो पक्षमा सुविधाजनक बहुमत भएको दाबी गरिन् ।

उनी एमालेको उपाध्यक्षका साथै ३ नम्बर प्रदेशको संयोजक समेत हुन् ।

‘ प्रदेश नम्बर ३ को मुख्यमन्त्री म नै हो, अव यसमा शंका नगर्नुहोस्, पार्टीको राजेन्द्र पाण्डेलाई समर्थन छैन ।’ शाक्यले भनिन् । उनले आफुले मुख्यमन्त्रीमा अर्का नेता पाण्डेलाई सहयोग गर्ने बचन नदिएको समेत प्रष्ट पारिन् ।

पुर्वमन्त्री समेत रहेकी एमाले नेतृ पाण्डेले पार्टी एकता पदको भागबण्डाले नरोकिएको भन्दै एकता प्रक्रिया चांडै टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् ।