एमाले उम्मेदवार भूमि पराजुलीलाई लक्षित गरी बम प्रहार

एमाले उम्मेदवार भूमि पराजुलीलाई लक्षित गरी बम प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ– धादिङमा एमाले उम्मेदवार भूमि त्रिपाठीलाई लक्षित गरी सुतली बम प्रहार भएको छ।

 

 

 

धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार त्रिपाठीलाई लक्षित गरी थाँक्रे गाउँपालिकाको हाप्सेचौर नजिकै आइतबार बम प्रहार भएको हो।

 

 

 

थाँक्रे गाउँपालिकाको घरदैलो कार्यक्रम सकेर बाहुनथानाको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा उनी सवार गाडीलाई लक्षित गरी सुतली बम प्रहार भएको हो।

 

 

 

बम प्रहार भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।