सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको एपिक स्विफ्ट नाडा अटो शोमा सार्वजनिक हुने

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको एपिक स्विफ्ट नाडा अटो शोमा सार्वजनिक हुने


काठमाण्डु – नेपालका लागि सुजुकी ब्रान्डका चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्ने तयार गरेको छ ।

सीजी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूका लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि दिइनेछ ।

२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टिनेशको पर्यायवाचीको रूपमा रहँदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको हो । नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावर ट्रेन हो, जसले प्रस्तुती र स्थायित्वको नयाँ आयाम दिन्छ । ‘जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याच ब्याक बनाउँछ । एपिक नयाँ स्विफ्टमा थुप्रै नयाँ युगका प्रविधि र फिचरहरू समावेश गरेको छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुनेछ,’ कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नयाँ स्विफ्टको विशेषताहरूलाई ५ प्रकारले परिभाषित गर्न सकिन्छ १. आकर्षक एक्सटेरियर, २. आरामदायी क्याविन, ३. आधुनिक सेफ्टी सिस्टम, ४. रमाइलो ड्राइभिङ अनुभव र ५. उन्नत प्रविधि ।’

सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ । अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ किलोमिटर/लिटरसम्मको माइलेज प्रदान गर्नेछ, जुन पुरानो स्विफ्टभन्दा १४% ले बढी हो ।

नयाँ चौथो जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाहरूले ह्याच ब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ ।