काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसहरूमा माहोल तातेको छ ।
केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ। यसपटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।
नेकपा (एमाले) निकट अनेरास्ववियुले ४० वटा क्याम्पसमा निर्विरोध स्ववियू सभापति जितेको छ ।
अनेरास्ववियुले निर्विरोध जितेका सभापतिहरू


प्रतिक्रिया