काठमाण्डु- त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेविसंघ विजयी भएको छ । नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मतले सभापतिमा विजयी भएका हुन् ।
सभापतिमा अनेरास्ववियुका प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने पनि प्रतिस्पर्धामा थिए ।
यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । त्यसपछि चैत १३ गतेका लागि मिति तय भयो । क्याम्पसको मूल गेटमा नै तालाबन्दी भएपछि त्यो दिन पनि चुनाव रोकिएको थियो ।
प्रतिक्रिया