काठमाण्डु- त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अवरुद्ध निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हा।
मंगलबार त्रिविका आंगिक र सम्बन्धन प्राप्त ३०० क्याम्पसहमा स्ववियुको नयाँ नेतृत्व चयन गर्न मतदान भएको थियो । तर अधिकांश क्याम्पसहरूमा विवादका कारण मतदान हुन सकेन् ।
अधिकांश क्याम्पसमा मतदान सकिएलगत्तै गणना गरिएको छ । नतिजाको पूर्ण सूची सार्वजनिक हुन बाँकी छ । त्रिविले आंगिक क्याम्पसको मात्रै सार्वजनिक गर्छ । ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएपछि रोकिएको छ ।
काठमाडौको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), त्रिचन्द्र र अमृत साइन्स कलेज (अस्कल) मा पनि अन्तिम समयमा मतदान अवरुद्ध बनेको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा बुधबार निर्वाचन हुँदैछ । त्यस्तै काठमाडौको पद्मकन्या क्याम्पसमा विहीबार र त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा शुक्रबार निर्वाचन गर्ने तयारी छ ।
त्यस्तै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा पनि निर्वाचन स्थगित भएको छ । काठमाडौ उपत्यकाबाहिरका कतिपय क्याम्पसमा पनि मतदान हुन सकेन ।
प्रतिक्रिया