काठमाण्डु- विवादका कारण रोकिएको त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचन बुधबार हुँदैछ । मूलगेटमा ताला लागेपछि यसअघि चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएको थियो ।
निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ ।
यसैबीच पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ ।
स्ववियू निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको मितिबारे जानकारी दिएको हो । तोकिएको दिन बिहान ८ बजेदेखि
अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिएका छन् । यसअघि चैत ५ मा हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादले रोकिएको थियो ।
प्रतिक्रिया