काठमाण्डु– स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले स्वास्थ्य बीमा नियमावलीका केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
आइतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य विमा नियमावलीमा संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेको बताएका हुन् ।
‘स्वास्थ्य बीमा ऐनमा सामान्य संशोधन र स्वास्थ्य बीमा नियमावलीमा केही नियमहरु संशोधन गर्ने प्रकिया अन्तिम चरणमा पुगेका छन् । जसले सेवा प्रवाहलाई सवै पालिकासम्म पुर्याउन, स्रोत साधन जुटाउन, सेवा प्राप्त गर्नेक्रम अहिले रहेको प्रथम विन्दुको अप्ठारो छ त्यसलाई हटाउनको लागि महत्वपुर्ण भुमिका खेल्नेछ ।’
उनले प्रत्येक पालिकामा प्रथम सेवाविन्दु पुग्नेगरी सरकारले कानून नै संशोधन गरेर अगाडि बढेको भन्दै लक्षित वर्ग धेरै हुँदा भुक्तानीको भार धेरै भएको भन्ने विश्लेषण रहेकाले त्यस्तो अवस्था नरहेको पनि बताए ।
यस्तै स्वास्थ्य बिमा बोर्डले १६ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। फागुन मसान्तसम्म बिमा लागू भएका अस्पतालमा १६ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
निर्देशक रघुराज काफ्लेले बोर्डमा १ अर्ब मात्र रकम छ तर, भुक्तानी गर्न बाकीँ १६ अर्बभन्दा बढी हुँदा बिमा कार्यक्रम चलाउन समस्या भएको बताएका छन्।
२०७२ साल चैत्र २४ गतेदेखि लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा ८९ लाख ५२ हजार १३५ जना व्यक्ति आबद्ध भएका छन्। जसमा ५७ लाख ५३ हजार ८१७ जना मात्र फागुन मसान्तसम्म बिमा नवीकरण गरेका छन्।
बिमामा आवद्ध भएका पनि ४८ प्रतिशत व्यक्तिले मात्र सुविधा लिएका छन्। देशभर ४०४ सरकारी अस्पताल, ४८ निजी र ३३ वटा सामुदायिक स्वास्थ्य संस्था सूचीकृत छन्।
३५६ स्थानीय तहमा मात्र प्रथम विन्दु पुगेको छ। ३९७ स्थानीय तहका बिमितहरू अन्य स्थानीय तहका सेवा केन्द्रमा जानुपर्दा नवीकरण कम हुन थालेको बताइएको छ।
३५६ स्थानीय तहमा मात्र प्रथम विन्दु पुगेको छ। ३९७ स्थानीय तहका बिमितहरू अन्य स्थानीय तहका सेवा केन्द्रमा जानुपर्दा नवीकरण कम हुन थालेको बताइएको छ।
प्रतिक्रिया