जीबी राईलाई पक्राउ गरेर नंग्याउन सरकारलाई स्वर्णिमको चुनौती

जीबी राईलाई पक्राउ गरेर नंग्याउन सरकारलाई स्वर्णिमको चुनौती


काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जीबी राईलाई पक्राउ गरेर ल्याउन सरकारलाई चुनौती दिएका छन्।

सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको तीन महिनासम्म पनि किन जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न सोधे ।

रवि लामिछाने कुनै पनि कोणबाट दोषी नदेखिएको भन्दै जीबीलाई पक्राउ गर्न चुनौती दिएका हुन्।

उनले भने ‘८८ सय करोड उठाउनका लागि राजयले तदारुपता देखाउन पर्दैन। जीबी राईलाई किन समातेनौँ भनेर रवि लामिछानेलाई र्‍याखर्‍याख्ती पारे। तिमिले पनि त ३ महिना पाइसक्यौ, खै त लेर्‍याएको ? लेउ, नंग्याऊ, प्रमाण देखाऊ। बचतकर्ताको बचत फिर्ता गर्ने अभियानमा तिमीले पनि साथ देऊ,’ उनले भने।

यस्तै उनले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप समेत लगाए उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’